Canberra — Nepalese Association of Agriculture, Forestry and Environment in Australia (NEPAFE) ले हालै Franklin र Taylor क्षेत्रमा डिजिटल साक्षरता तथा इन्टरनेट सुरक्षित प्रयोग सम्बन्धी दुई महत्वपूर्ण सत्रहरू सफलतापूर्वक सम्पन्न गरेको छ। यी कार्यशालाहरू विशेषगरी ५० वर्षभन्दा माथिका समुदाय सदस्यहरूलाई लक्षित गर्दै आयोजना गरिएको थियो, जसमा इन्टरनेट सुरक्षा, अनलाइन स्क्याम पहिचान, र दैनिक जीवनमा मोबाइल तथा अन्य डिजिटल उपकरण प्रयोग गर्दा देखिने समस्याहरू समाधान गर्ने विषयहरू समेटिएका थिए।

यो पहल Good Things Foundation को Be Connected Program अन्तर्गत NEPAFE द्वारा सञ्चालन भइरहेको निरन्तर प्रयासको हिस्सा हो। यसअघि Gungahlin, Franklin, र Taylor मा तीन सत्रहरू सम्पन्न भइसकेका छन्। संगठनले जानकारी दिएको अनुसार, अर्को सत्र छिट्टै Coombs मा समुदायका समर्पित mentors हरूद्वारा सञ्चालन गरिनेछ।
कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने Prahlad Aryal, Amrit Adhikari, Sapan Adhikari, PoshRaj Pokharel तथा Nepalese Parents Group का कार्यसमितिलाई NEPAFE ले हार्दिक आभार व्यक्त गरेको छ।

NEPAFE का प्रतिनिधिहरूका अनुसार, इन्टरनेट सुरक्षा आजको डिजिटल युगमा सबैका लागि, विशेषगरी अभिभावक पुस्ताका लागि अत्यन्त महत्वपूर्ण विषय हो। संगठनले समुदायलाई आवश्यक पर्दा डिजिटल साक्षरता र इन्टरनेट सुरक्षा सम्बन्धी सहयोग प्रदान गर्न निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ। साथै, यदि कुनै जिज्ञासा वा प्रश्नहरू छन् भने, समुदाय सदस्यहरूलाई निःसंकोच सम्पर्क गर्न आग्रह गरिएको छ। “हाम्रा mentors सधैं तपाईंको साथमा छन्,” NEPAFE ले जनाएको छ।
Dr. Timilsena is a food scientist with more than 20 years of experience in food safety & security, quality control, food processing and product development and nutrition.
